अमेरिका माथि इरानले गर्यो फेरि अर्को आक्रमण

काठमाण्डु टुडे २०७६ पुष २४ गते ११:४२ मा प्रकाशित

एजेन्सी -इरानले पुन अमेरिकी दूतावासलाई निशाना बनाएर अर्को आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेको केही समयमै इरानले पुनः आक्रमण गरेकको हो
आफ्ना र्शीष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरानमा बदलाको आगो बलेको छ।
सुलेमानीको अन्तिम संस्कारको केही घण्टापछि इराकस्थित अमेरिकी सैन्य शिविरमा पहिलो मिसाइल आक्रमण गरेको इरानले दोस्रो आक्रमण अमेरिकी दूतावासमा गरेको हो ।
इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासलाई निशाना बनाएर दुई मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मिसाइल ग्रीन जोनमा खसेको छ। यस हमलामा कुनै क्षति भएको छैन ।

बुधबार बिहान पनि इरानले अमेरिकी सैन्य शिवरमा दर्जनबढी मिसाइल आक्रमण गरेको थियो। इरानले उक्त आक्रमणबाट ८० अमेरिकी नागरिकको ज्यान गएको बताएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना कुनै पनि नागरिक नमारिएको दाबी गरेका छन् ।
ट्रम्पले सम्बोधन गरेको केही घण्टामै इरानले फेरि अमेरिकामाथि दोस्रो आक्रमण गरेको समाचारमा जनाइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us