ट्रम्पद्धारा संकटकालको घोषणा

काठमाण्डु टुडे २०७६ पुष २४ गते ११:५९ मा प्रकाशित

सिन्ह्वा- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन ।
अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन । उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन ।
राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सवै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत व्यवस्थापन निकायलाई दिइएको छ ।
गत मङ्गलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन। अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् । भूकम्पका कारण त्यस क्षेत्रका कैयौ भवनहरु क्षतिग्रस्त भएका थिए भने, विद्युत सेवा समेत अवरुद्ध भएको थियो ।
पछिल्ला केही हप्तामा त्यस क्षेत्रमा हजारौ कम्पन अधिकांश आमनागरिकले महसूस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामि, फ्लोरिडादेखि १६ सय किलोमिटर टाढा पर्ने अधिकारीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us