प्याजको मुल्य घट्यो

काठमाण्डु टुडे २०७६ पुष २४ गते १५:३३ मा प्रकाशित

काठमाण्डु , २४ पुस -केही समयदेखि निरन्तर उकालो लागेको प्याजको मूल्य बिहिबारबाट ओरालो लाग्न थालेको छ ।
भारतीय बजारमा प्याजको नयाँ उत्पादन शुरु हुन थालेपछि नेपालमा हिजोसम्म २ सय ५० रुपियाँ रहेको प्याजको मूल्य आज एकैदिनमा ३० रुपियाँले घटेको हो । बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतिय प्याज प्रतिकेजी १ सय ३० रुपियाँ र थोक बजारमा १ सय १५ रुपियाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।
विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो। भारतबाट आउने प्याज निरन्तर बढेको जनाईएको छ । यही हप्ताको आइतबारसम्म २०.२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको कालिमाटी तरकारी बजारको तथ्याङकमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us