बिहिबार सैनिक शिविरमा भएको भिडन्तमा २५ जना सैनिक सहित ८५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ पुष २५ गते १४:३८ मा प्रकाशित

नाइजर – पश्चिमी अफ्रिकी मुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा भएको एक सैनिक शिविरमा भिडन्त हुदाँ २५ जना सैनिक सहित ८५ जनाको मृत्यु घटना भएको छ ।
देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ।
सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us