इरानको एयरस्पेस प्रयोग नगर्न निगमको निर्देशन

यसअघि काठमाण्डुबाट खाडी जाने विमानले नेपालपछि क्रमशः भारत, पाकिस्तान र इरानको एयरस्पेस प्रयोग गर्थे।

काठमाण्डु टुडे २०७६ पुष २५ गते १५:४० मा प्रकाशित

काठमाण्डु , २५ पुस- अब खाडी मुलुक जानको लागी विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछ जसले गर्दा जुनसुकै खाडी मुलुक जानको लागी पनि धेरै समय लाग्ने भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि मध्यपूर्वमा उडान भर्ने आफ्ना विमानलाई इरानको आकाश प्रयोग नगरी ओमनको बाटो भएर उडान भर्न निर्देशन दिएको हो।
नेपाल बायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार इरान–अमेरिका तनावका कारण सुरक्षाको दृष्टिले यस्तो निर्देशन दिइएको हो।
यसअघि काठमाण्डुबाट खाडी जाने विमानले नेपालपछि क्रमशः भारत, पाकिस्तान र इरानको एयरस्पेस प्रयोग गर्थे। अब भने ती विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछन्। जसले गर्दा अब काठमाण्डुबाट बहराइन, युएई, कतार, साउदी र कुवेतका लागि उडेका जुनसुकै एरलायन्सका जहाजलाई त्यहाँ पुग्न पहिलेको समय भन्दा केही बढी लाग्नेछ।
हाल काठमाण्डुमा २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् जसमा मध्यपूर्व र पश्चिमी रुटबाट आवतजावत गर्ने एयरलाइन्सको धैरै छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us