ऋषभले ब्लक गरिदिए उर्वशीलाई

काठमाण्डु टुडे २०७६ पुष २६ गते १३:१२ मा प्रकाशित

एजेन्सी– भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्तले अभिनेत्री उर्वशी रौतेलालाई ब्लक गरिदिएका छन् ।

अंग्रेजी वेबसाइट स्पटव्वायका अनुसार उर्वशी लगातार पन्तलाई कन्ट्याक्ट गर्न खोजिरहेकी थिइन् । तर, ऋषभले उनलाई ह्वाट्सयापबाट पनि ब्लक गरिदिएका छन् । यी अभिनेत्रीका पिआर म्यानेजरले पनि यो कुरा पुष्टि गरेका छन् ।

उर्वशी र ऋषभबीच सम्बन्ध रहेको समाचार पनि यसअघि आएका थिए । तर, ऋषभले नयाँ वर्षको दिन इन्स्टाग्राममा आफ्नी गर्लफ्रेन्ड ईशासँगको तस्वीर इन्स्टाग्राममा राखिदिएका छन् ।

उता, उर्वशीका पिआर म्यानेजरले दुवैले एकअर्कालाई ब्लक गर्ने कुरा सहमतिमा नै भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us