ह्यामरी केन चार महिना मैदान बाहिर

काठमाण्डु टुडे २०७६ पुष २६ गते १३:२५ मा प्रकाशित

एजेन्सी – इङ्लिस क्लब टोटेनहमका प्रमुख फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि क्लबले गरेको छ।

२६ वर्षीय केन नयाँ वर्षको पहिलो दिन साउथह्याम्टनविरुद्वको खेलमा चोटग्रस्त भएका थिए। उनले प्रिमियर लिगका केही खेलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल पनि गुमाउने पक्का भएको छ। ङ्ल्याण्डका कप्तान केन मैदान फर्कने समय तोकिएको छैन।

क्लबले शल्यक्रिया आवश्यक रहेको जनाउँदै चार महिनापछि मात्रै मैदानमा उत्रन सक्ने जनाएको छ। उनी अप्रिलमा तालिममा फर्किने बताइएको छ। उनी सन् २०२० को युरोकप सुरु हुनु दुई महिना अघि मात्र मैदानमा आउने भएका हुन्। मेडिकल स्टाफको पछिल्लो एक साताको निरीक्षणपछि केनको शल्यक्रिया गर्नुपर्ने निचोड निकालिएको हो।

उत्कृष्ट फर्ममा रहेका केनले इङ्ल्यान्डका लागि र क्लबका लागि यो सिजन ३१ खेलबाट २७ गोल गरिसकेका छन्। टोटनह्याम अहिले प्रिमियर लिगको छैटौँ स्थानमा छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us