प्रदेश ३ को नाम बागमती पारित

काठमाण्डु टुडे २०७६ पुष २७ गते १२:५१ मा प्रकाशित

हेटौंडा, २७ पुस -आज बसेको प्रदेशसभाको बैठकले प्रदेश ३ को नाम बाग्मती नामकरण पारित भएको छ ।  सांसद इन्द्र बानियाँले प्रस्ताव गरेको नाम बागमतीको पक्षमा १ सय ८ मत खसेको छ ।
प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदको मत वाग्मतीको पक्षमा खसेको हो । दुईतिहाइ मत बाग्मतीको पक्षमा खसेकाले प्रदेश ३ को नामाकरण बागमती कायम भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रदेशसभामाले नामाकरण र राजधानी टुंगो लगाएको छ ।

आजै राजधानीको नामाकरणका लागि भएको मतदानबाट हेटौंडा पारित भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us