सभामुखको विषयमा कुरा नमिल्दा प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाण्डु टुडे २०७६ पुष २७ गते १३:२४ मा प्रकाशित

काठमाण्डु , २७ पुस – आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
नेकपामा सभामुखको कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित गरिएको संसद बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । सो छलफलमा सभामुखको विषयमा कुरा नमिलेपछि संसद बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us