उपसभामुख तुम्बाहाम्फेले दिइन् नेकपालाई महाअभियोग लगाउने चुनौति

काठमाण्डु टुडे २०७६ पुष २७ गते १४:२४ मा प्रकाशित

काठमाण्डु , २७ पुस – उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजिनामा दिन अस्विकार गरेकी छिन् । प्रधानमन्त्री ओली तथा नेकपाका अध्यक्ष प्रचण्डले गरेको राजिनामाको आग्रहलाई तुम्बाहाम्फेले दोस्रो पटक अस्वीकार गरेकी हुन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।
तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहो-र्याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले बताएको छ । उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले बताएको छ ।
छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेलको सहभागिता रहेको थियो । यति बेला नेकपा नेतृत्व संकटमा परेको छ । नेकपाले बारम्बार राजिनामा दिन आग्रह गरेपनि उपसभामुख तुम्बाहाम्फेले आफुलाई सभामुख पद दिनुपर्नेमा अडान राख्लै आउकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उनलाई अन्तिम पटक सम्झाउने तयारी भइरहेकोे छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नेछन् ।
तुम्बाहाम्फेले आफुलाई महाअभियोग लगाएर हटाउन समेत चुनौती दिइरहेको बेला नेकपाको सामु अब चुनौति विकल्प रुपमा रहेको छ । पहिलो विकल्प उनैलाई सभामुख बनाउने निर्णय गर्ने र राजीनामा गराउने हो ।
नत्र समानुपातिक सांसदको सूचीबाट उनको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने । अन्तिम विकल्प चाहिँ महाअभियोग हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us