घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ पुष २९ गते १२:०७ मा प्रकाशित

काठमाण्डु , २९ पुस — साताको तेस्रो दिन मंगलबार सुनको भाउ घटेको छ ।

हिजो ७४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज महासंघले तेजाबी सुन प्रतितोला ७३ हजार सात सय रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य १० रुपियाँले घटेर ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us