मन्त्री पुनद्धारा मस्कट पुगी सुल्तानकावुसको निधन प्रति समवेदना प्रकट

काठमाण्डु टुडे २०७६ पुष २९ गते १२:२३ मा प्रकाशित

ओमान, २९ पुुस- उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)ले ओमानका सुल्तानकावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालकातर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन् ।

अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) ओ १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुगेका मन्त्री त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् । मन्त्रीपुनले राष्ट्रपतिविद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपीशर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तानमौसुफ हाइतमविनतारिक विनताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

मन्त्रीपुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तानहाइतमलाई हस्तान्तरण गरेका छन् । त्यस अवसरमा मन्त्रीपनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामनाव्यक्त गर्नुका साथै नेपाल र ओमानबीच पवगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।

त्यस क्रममा सुल्तान हाइतमले नेपालका राष्ट्पति, प्रधानमन्त्री, मन्त्रीपुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएका प्रतिधन्यवाद ज्ञापन गरेका छन् । त्यसका साथै सुल्तान हाइतमविनतारिक विनताइमुर अल सइदले नेपाल र ओमान बीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।

समवेदाना प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्रीपुनका सचिवालय प्रमुख समेत रहेका नेकपा केन्द्रीय सदस्यदुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us