सार्वजनिक बसभित्र हस्तमैथुन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०७६ पुष २९ गते १३:०१ मा प्रकाशित

काठमाण्डु , २९ पुस –   एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले सोमबार साँझ चितवनबाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

यसबारे आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us