डा.तुम्बाहाम्फेलाई सभामुख बनाउन महिला अधिकारकर्मीको लविङ सुरु

काठमाण्डु टुडे २०७६ पुष २९ गते १४:४७ मा प्रकाशित

काठमाण्डु , २९ पुस यति बेला काठमाण्डुमा महिला अधिकारकर्मीले डा.तुम्बाहाम्फेलाई सभामुख बनाउन लविङ सुरु भएको छ , भने डा. शिवमाया तुम्बहाम्फेलाई नै सभामुख बनाउन सम्बन्धित राजनीति दललाइ आग्रह गरेको छ ।

राजधानीमा भएको महिला अधिकारकर्मीहरूको एक भेलाले केही दिनदेखि अवरुद्ध संसद र सभामुख–उपसभामुखसम्बन्धी विषयका अन्तरपुस्ता महिलावादी समूहको सोमबार (२८ पुस) भएको भेलाले जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गहिरो चासो प्रकट गर्दै विधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनमा पास गर्नुपर्ने नागरिकतालगायतका विधेयकहरूप्रति विशेष चासो रहेको बताएको हो ।
विगत लामो समयदेखि नेपालको महिला आन्दोलनमा संलग्न ७० जनाभन्दा बढि महिलाहरूको सहभागिता रहेको उक्त भेलाले उपसभामुख माननीय डा.शिवमाया तुम्बाहाम्फेले उपसभामुखको रूपमा अहिले लिएको अडानले सबैको शिर उच्च बनाएको निष्कर्ष निकालेको छ । कार्यक्रममा महिला तथा मानव अधिकारकर्मी, कानून ब्यवसायी, पत्रकार तथा सञ्चारकर्मीलगायत नागरिक समाजका विभिन्न अन्तरपुस्ता समेट्ने महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।

भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us