काङ्ग्रेस विधिविधानमा चल्न सकेन : जोशी

काठमाण्डु टुडे २०७६ माघ २ गते १५:२१ मा प्रकाशित

विर्तामोड,२माघ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन् ।

नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज बिहीबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताए ।

उनले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे । ‘नेपाली काँग्रेस अब सच्चिन जरुरी छ’, उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ ।’

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us