बाह्रबिसे बजारलाई निषेधाज्ञा घाेषणा

काठमाण्डु टुडे २०७६ माघ ५ गते ११:०८ मा प्रकाशित

सिन्धुपाल्चोक , ५ माघ-  सिन्धुपाल्चोकको बाह्रविसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रविसेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएको विरुद्ध स्थानीयहरुले विरोध प्रदर्शन गरेपछि बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि  निषेधाज्ञा जारी गरिएको हो ।

विरोधमा उत्रिएका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बताएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३क )बमोजिम उक्त आदेश जारी गरेको बताएको छ ।
आदेश अनुसार यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us