साताको पहिलो दिन सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ माघ ५ गते ११:१७ मा प्रकाशित

काठमाण्डु , ५ माघ –  साताको पहिलो दिन सुनको भाउ उकालो लागेको छ ।

शुक्रबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँ बढेर प्रतितोला ७५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यसैगरी, आज तेजावी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ बढेको छ । आज तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us