गृह र अर्थसहित शक्तिशाली चार सचिव एकैपटक घर जाँदै

काठमाण्डु टुडे २०७६ माघ ६ गते ८:४३ मा प्रकाशित

काठमाण्डु, ६ माघ– सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ ।

अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा निवृत्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो ।

अर्थका खनाल, गृहका राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका हुन् । उनीहरूको अवकाशसँगै हालका चार वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us