ढोका खोल्न ढिलो गरेपछि ‘सिंघम’ डिएसपीले आफ्नै श्रीमतीलाई गोली हाने

काठमाण्डु टुडे २०७६ माघ ६ गते १५:२० मा प्रकाशित

एजेन्सि – सिंघमको नामले चिरपरिचत भारतको पंजाब पुलिसमा कार्यरत डिएसपी अतुल सोनीले आफ्नै श्रीमती माथि गोली चलाएको आरोप लागेको छ ।

डिएसपी सोनीमाथि उनकै श्रीमतीले हत्याको प्रयास र हातहतियार सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गराएकी आजको आज तक समाचारले बताएको छ । घटना शनिबार रातको हो ।
अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रिसाए कि उनले श्रीमतीलाई गोली हानिदिए । यद्यपि गोली उनकी श्रीमतीलाई लागेन । आक्रमणलगत्तै उनकी श्रीमती थाना आठ फेस पुगिन् र अतुलविरुद्ध उजुरी दिएकी हुन् । पुलिसले केस दर्ता गरेर जाँच सुरु गरेको छ ।
अतुल सोनीले आफ्नो सर्भिस रिभल्भरबाट नभए अवैध रिभल्भरबाट गोली चलाएका थिए । अतुल सोनीकी पत्नीको सहयोगमा पुलिसले घटनामा प्रयोग भएको हतियार र गोलीको खोका बरामद गरेको छ ।

चण्डीगढका ५० वर्षका डिएसपी अतुल सोनी १९९२ मा सब इन्स्पेक्टरको रुपमा पंजाब पुलिसमा भर्ती भएका थिए । २०१८ मा उनी डिएसपी बनेका हुन् ।अतुल सोनी फरार छन्  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us