अमरिकामै हराएकी उपमेयर दर्शनाले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेपछि …

'ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ '

काठमाण्डु टुडे २०७६ माघ १२ गते १२:५४ मा प्रकाशित

काठमाण्डु , १२ माघ – गोष्ठीमा सहभागी हुन अमेरिका पुगेर सम्पर्कविहीन भएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना)ले आफू नहराएको र कतै नलुकेको प्रतिक्रिया दिएकी छिन्।

उनी गोष्ठीमा सहभागी हुन कात्तिको पहिलो साता अमेरिका प्रस्थान गरेकी थिइन् ।
करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको तिलागुफाका मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए । साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो ।

विवाद आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् ।
आइतबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेका कारण नेपाल फर्कन नसकेको बताएकी छिन्।

यस्तो छ उनको स्टाटस :
सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन । तपाईंहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ ।
ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु ।
म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।
अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन ।
सहयोग त झन् कुरै भएन । अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु ।
मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपालीरकालीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसैले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो ।
अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा। अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।
तिलागुफाका जनताहरुको माया९ममता ममा सधै छ र भैराख्ने छ । मैले नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधि देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मलाई सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ ।
मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि मलाई उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागि‌नँ। गल्ती गरे माफ माउँ ।
जिन्दगीमा अरु केही नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केही छैन र मेरो स्वास्थभन्दा ठूलो केही छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने रु म दुनियाँकै शक्तिशाली भए पनि केही छैन मलाई ।
अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहो । मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरिदिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us