नेपाली भन्सार अब हरेक नेपालीको गोजीमा

काठमाण्डु टुडे २०७६ माघ १२ गते १४:११ मा प्रकाशित

काठमाण्डु , १२ माघ –  भन्सार अब हरेक नेपालीको गोजीमा रहने भएको छ ।

‘नेपाल कष्टम क्लेरेन्स’ नामक भन्सार ऐप सार्वजनिक भएसँगै घरमै बसेर व्यवसायीले भन्सार पास गर्न सकिने भएको हो । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरेका छन् । एन्ड्रयुईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ । भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटोमेसनमा गएको महानिर्देशक सुमन दाहालको भनाइ थियो ।
यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।
कार्यक्रममा माहनिर्देशक दाहालले नेपाली भन्सार अब कुनै विकसित देशको भन्दा कम नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us