लुटेराको नयाँ विधिले लुटिए काठमाण्डु भगवानपाउका बच्चुराम

काठमाण्डु टुडे २०७६ माघ १२ गते १४:२५ मा प्रकाशित

काठमाण्डु , १२ माघ – लुटेराको नयाँ विधि जसको सहायताले काठमाण्डु महानगरपालिका -१५ भगवानपाउ बस्ने बच्चुराम गुरुङ लुटिएका छन् ।

गुरुङलाई खुकुरी , फलामको लठ्ठी र खुर्सानीको धुलो छर्केर ५० लाख लुटिएको थियो । लुटेरामा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गुरुङको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराले ५० लाख लुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us