पूर्वराजा ज्ञानेन्द्र पुत्री घर छाड्न बाध्य

काठमाण्डु टुडे २०७६ माघ २६ गते ८:३६ मा प्रकाशित

काठमाण्डु, २६ माघ– सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाण्डुको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ ।

नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक रुपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरुपमा खाली गर्न प्रेरणालर्य सूचित गरेको थियो ।

सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ । सार्वजनिक रुपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रस्टको कार्यालयले हटाउन खोजेको उल्लेख गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us