मुना कार्कीलाई कामदारले पिर्काले हिर्काएको दृश्य भेटियो

काठमाण्डु टुडे २०७६ माघ २७ गते १७:१४ मा प्रकाशित

काठमाण्डु,२७माघ–पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरका कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीले दावी गरेको छ ।

घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।

‘सीसीटीभीमा चौधरीले कार्कीमाथि पिर्काले हिर्काएको र घाँटी कसेको देखिएको छ ।’ प्रहरी स्रोतले भन्यो । मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us