वैकल्पिकमा इन्स्पेक्टर भएका थिए प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाण्डु टुडे २०७६ माघ २९ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, २९ माघ– नेपाल प्रहरीको ९०औँ टोलीअन्तर्गत ०४६ मा ५२ जना प्रहरी निरीक्षक भर्ना भएका थिए ।

ठाकुर ज्ञवाली पनि त्यही ५२ जनामा पर्न चाहन्थे, तर उनको नाम १६ जनाको वैकल्पिक सूचीमा पर्योर । त्यतिवेला वैकल्पिकमा नाम निस्किँदा खिन्न भएका ज्ञवालीलाई अहिले त्यही अवसरले प्रहरीको सर्वोच्च पद महानिरीक्षकसम्म पुर्यालएको छ । वैकल्पिक सूचीमार्फत पाँच महिनापछि भर्ना भएका उनी २७औँ महानिरीक्षक बनेका छन् । नियमित सूचीमै नाम निस्किएको भए उनले मंगलबार अरूसँगै ३० वर्षे सेवाहदका कारण अवकाश पाउँथे । वैकल्पिक सूचीमा नाम निस्किएर पाँच महिनापछि भर्ना भएकै कारण पाँच महिनाका लागि ८० हजार प्रहरीको नेतृत्व सम्हाल्ने अवसर उनले पाएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई महानिरीक्षकमा नियुक्तिको निर्णय गरेको हो । उनी आफ्नो ब्याचमा पहिलो नम्बरमा थिए । यसपटकको महानिरीक्षक नियुक्तिमा विगतमा जस्तो विवाद भएन । प्रदेश १ का प्रहरी प्रमुख रहेका ज्ञवाली मंगलबार मात्र विराटनगरबाट काठमाडौं आएका थिए । उनले बुधबार बिहान गृहसचिव महेश्वर न्यौपानेबाट फुली लगाएपछि कार्यभार सम्हाल्नेछन्  । अहिलेको प्रहरी नियमावलीअनुसार ज्ञवालीले २५ असार ०७७ सम्म प्रहरीको नेतृत्व गर्न पाउनेछन् । साढे २९ वर्र्षे करिअरमा कुनै ठूलो विवादमा परेका छैनन् । उनी इमानदार र लो प्रोफाइलमा बसेर काम गर्ने अधिकारी भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us