नेप्सेमा सुधार

काठमाण्डु टुडे २०७६ माघ २९ गते १५:४८ मा प्रकाशित

काठमाण्डु , २९ माघ — साताको चौँथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकको सुधार आएको छ ।

नेप्से परिसुचक चार दशमलब ६० अंकले बढेर एक हजार ३४५ दशमलब ९७ बिन्दु कायम भयो भने कारोबार रकम एक अर्ब ५० करोड ९७ लाख रुपियाँ बराबरको भयो ।
आज धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ ।

जसको कारोबार नौ करोड ८९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार नौ करोड ६८ लाख रुपियाँ बराबरको भएको छ ।
त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

निर्जीवन बीमा समूह, अन्य र व्यापार समूहको सूचकमा एक प्रतिशतभनदा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ ।
त्यसैगरी, आज धेरै फाइदा खानेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा ज्योति विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंक चार दशमलब १० प्रतिशतले घाटामा गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us