काठमाण्डुमा अब रातैभरि सार्वजनिक बस

काठमाण्डु टुडे २०७६ फागुन १ गते ८:११ मा प्रकाशित

file photo

काठमाण्डु, १ फागुन– काठमण्डु महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन महानगर क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।
बुधबार काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निस्कर्ष निकालेको हो ।
विगतमा २०६९ साल भदौ १ गतेदेखि महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us