प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगित !

काठमाण्डु टुडे २०७६ फागुन २ गते १३:३५ मा प्रकाशित

काठमाण्डु,२फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन भोली शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको सल्लाहकार थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us