जिपको ठक्करबाट असईको मृत्यु

काठमाण्डु टुडे २०७६ फागुन २ गते १६:४३ मा प्रकाशित

बनेपा,२फागुन–काभ्रेको बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us