चिनियाँ कम्युनिस्ट पार्टीद्वारा हुबेई र वुहानका नेता बर्खास्त

काठमाण्डु टुडे २०७६ फागुन २ गते १७:४८ मा प्रकाशित

एजेन्सी–कोरोना भाइरसको प्रकोप नियन्त्रण प्रभावकारी रुपमा गर्न नसकेको आरोपपछि चिनियाँ कम्युनिस्ट पार्टीले हुबेई प्रान्त र वुहान सहरका पार्टी नेतालाई हटाएको छ।

पार्टी हेडक्वार्टरले नै उनीहरुको कार्यप्रगतिप्रति असन्तुष्टि जनाएपछि कोरोनाको उद्गमस्थलका नेताहरुलाई बिहीबार हटाइएको हो।हुबेई प्रान्तको पार्टी प्रमुखमा सांघाईका पूर्वमेयर यिङ योङ नियुक्त भएका छन्।

त्यसैगरी वुहानको नेतृत्व जिनानका पूर्वसचिव वाङ झोङलिनले सम्हालेका छन्।यी दुवै नेताहरु राष्ट्रपति सीसँग निकटस्थ मानिन्छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us