एसीसी इस्टर्न रिजन खेल्ने राष्ट्रिय टोली घोषणा

काठमाण्डु टुडे २०७६ फागुन २ गते १९:०० मा प्रकाशित

काठमाण्डु,२फागुन–एसीसी ईस्टन रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र अभिनास बोहरा रहेका छन् । यस्तै कुशल मल्ल, सुशन भारी, पवन शरार्फ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की १४ सदस्यीय टोलीमा रहेका छन् ।

नेपालले घोषणा गरेको टोलीमा किशोर महतो पहिलो पटक राष्ट्रिय टोलीमा परेका खेलाडी हुन् । उनले घरेलु फ्रेन्चाईजी लिगमा राम्रो गरिरहेका उनले पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएका हुन् ।

टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा द्धन् भने व्यवस्थापकमा माधव कुमार कर्माचार्य, फिजियोमा विक्रम न्यौपाने र भिडियो एनालिसिष्टमा रमन सिवाकोटी रहेका छन् ।
खेल फागुन १७ गतेदेखि २३ गतेसम्म थाइल्यान्डमा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us