प्रहरी जवानले आफैंमाथि चलाए गोली

काठमाण्डु टुडे २०७६ फागुन ३ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैंलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैंलाई गोली हानेका हुन् ।

बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन् । उनको काठमाण्डुमा उपचार भइरहेको छ ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us