इराकमा रहेकाे अमेरिकी दूतावास नजिक फेरि अर्को आक्रमण

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १०:३५ मा प्रकाशित

काठमाण्डु , ४ फागुन – इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई निसाना बनाउँदै फेरि हर्को रकेट आक्रमण भएको छ ।
अमेरिकी सैन्य सूत्रका अनुसार यो आक्रमण अमेरिकी सम्पत्तिमाथि क्षति पुर्याीउनु थियो । यद्यपि कति वटा रकेट प्रहार भएको थियो र के कति क्षति पुगेको छ भन्ने बारेमा स्पष्ट भइसकेको छैन ।
एएफपीका सम्वाददाताले ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ विस्फोटको आवाज सुनेको बताएका छन्, जहाँ अमेरिकी मिसन रहेको छ ।
गएको अक्टोबर २०१९ पछि यो १९औँ आक्रमण थियो । यसअघि पनि अमेरिकी दूतावासलाई निसाना बनाउँदै आक्रमण हुँदै आएको थियो ।
गएको महिना उत्तरी इराकमा भएको यस्तै आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो । त्यसपछि अमेरिकाले गरेको कारबाहीमा २५ जना लडाकु मारिएका थिए ।
पछिल्लो समय अमेरिका–इरानबीच विवाद बढ्दै गएको छ । अमेरिकाले बगदादमा ड्रोन आक्रमणबाट इरानका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका–इरान तनाव उत्कर्षमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us