एकै दिन १ सय ४२ जनाको मृत्यु भएसँगै कोराना भाइरसबाट मर्ने संख्या १ हजार ६ सय ६९ पुग्यो

काठमाण्डु टुडे २०७६ फागुन ४ गते ११:१५ मा प्रकाशित

एजेन्सी – चीनमा फैलिएको कोरोना भाइरसबाट शनिबार एकै दिन १ सय ४२ जनाको ज्यान गएको छ । यो सँगै चीनमा कोरोना भाइरसबाट मर्ने संख्या एक हजार ६ सय ६९ पुगेको छ ।

हालसम्म यो भाइसरबाट चीनमा मात्रै ६८ हजार ५ सय नागरिक संक्रमित भएका छन् । चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् । हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पाइएको छ ।
चीनका यातायात उपमन्त्री लियु शाओमिङ्गका अनुसार चीनमा मानिसहरुको आवागमनमा ६ गुणा कम गरिएको छ । शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको ज्यान गएको छ । फ्रान्समा एक जना चिनियाँ नागरिकको ज्यान गएको हो ।

यस्तै, कोरोना भाइरसको अति प्रभावित क्षेत्र हुबेई प्रान्तमा रहेका १७५ जना नेपालीलाई नेपाल सरकारले उद्धार गरेर काठमाण्डु ल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us