साताको पहिलो दिन विदेशी विनिमय दर यस्तो

काठमाण्डु टुडे २०७६ फागुन ४ गते ११:३६ मा प्रकाशित

काठमाण्डु , ४ फागुन — साताको पहिलो दिन आज आइतबार सबै विदेश विनिमय दरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्रबैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा तोकेको छ ।
यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ५० पैसा र बिक्रिदर १ सय ४९ पैयाँ २८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४४ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ७३ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका :

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us