महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्धाको आज अन्तिम सुनुवाई

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १३:४१ मा प्रकाशित

काठमाण्डु , ४ फागुन — संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा जेल जिवन बिताइरहेका पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।

जिल्ला अदालत काठमाण्डुका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले इजलाशबाट अन्यथा आदेश नभएमा आज आइतबारै मुद्दाको फैसला हुनसक्ने सम्भावना रहेको बताए ।
हेर्दाहेर्दैमा रहेको मुद्दाको न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरमै सुनुवाइ भइरहेको छ ।

सरकारी वकिलले बहस गरिसकेको र प्रतिवादी पक्षका वकिलले बहस गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us