सल्यानमा एक किशोरीको घाँटी रेटी हत्या

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १३:५६ मा प्रकाशित

सल्यान, ४ फागुन—सल्यानमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ ।

सल्यानकोको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको प्रहरीले बताएको छ । बोहराको घर नजिकै स्वाशनली काटेको अवस्थामा शव भेटिएको थियो ।

‘शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । ’

हत्याको ३ दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us