सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, ४ फागुन – नेपाल राष्ट्र बैङ्कले सोमबार रु. दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैङ्कले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैङ्कले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि माघ २७ गते रु. १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us