विद्युत् वितरण प्रणाली स्तरोन्नति र विस्तारमा साढे १२ अर्ब ऋण

काठमाण्डु टुडे २०७६ फागुन ४ गते १६:१४ मा प्रकाशित

काठमाण्डु , ४ फागुन – युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहायतासम्बन्धी वित्तीय सम्झौतामा हालै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र युरोपेली लगानी बैंकका निर्देशक मारिया बारागन र कानूनी सल्लाहकार बोर्जा ओक्जाङ गोइटीले हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्रालयका अनुसार ऋणस्वरुप प्राप्त उक्त रकम ५ नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको बिजुलीमा पहुँच बढाउने, विद्युत् आपूर्तिको गुणस्तर एवं दक्षता अभिवृद्धि गर्ने र ऊर्जा व्यापारलाई सहजीकरण गरी विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणले सन् २०२३ को डिसेम्बरसम्ममा उक्त आयोजना पूरा गर्ने लक्ष्य लिएको अर्थ मन्त्रालयले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us