नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखियो : प्रचण्ड

काठमाण्डु टुडे २०७६ फागुन ९ गते १२:५० मा प्रकाशित

भक्तपुर,९फागुन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्तामा पुगेपछि नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् ।
सत्तामा पुगेपछि कम्युनिस्टहरुले आफैंलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरु पैदा भएको उनको भनाई थियो ।

भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले अहिले नै यसबारे भन्न हतार भएपनि संकेत राम्रो नदेखिएको बताए ।

सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिस्टहरु शासनमा पुगेपछि आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको बताए ।

उनले भने, ‘कम्युनिस्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका छन् । नेपालमा पनि त्यस्तै भइसक्यो भन्ने त हैन । तर संकेत त्यस्तै देखिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us