चौथोपटक मन्त्रिमण्डल हेरफेर हुँदै

काठमाण्डु टुडे २०७६ फागुन १२ गते १३:३३ मा प्रकाशित

काठमाण्डु,१२फागुन–सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्श अगाडि बढाएका हुन् । यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।

सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए ।
उनका अनुसार प्रधानमन्त्रीले यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।
अडियो काण्डमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा। युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ ।
२५ सदस्यीय ओली नेतृत्वको मन्त्रिमण्डलमा हाल दुई मन्त्रालयमा मन्त्री रिक्त रहेको छ। समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us