कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघ्यो

काठमाण्डु टुडे २०७६ फागुन १२ गते १७:५८ मा प्रकाशित

काठमाण्डु,१२फागुन–कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us