‘तेस्रो लिङ्गी एचआइभीको जोखिममा’

काठमाण्डु टुडे २०७६ फागुन १२ गते १८:५३ मा प्रकाशित

वीरेन्द्रनगर, १२फागुन –तेस्रो लिङ्गीले आफूले उठाएको आवाज राज्यले सुनुवाइ नगरेको गुनासो गरेका छन् । वर्षौदेखि अधिकार प्राप्तिको लडाइमा रहे पनि अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा निलहिरा समाजले आज आयोजना गरेको कार्यक्रममा तेस्रो लिङ्गीले यस्तो बताएका हुन् । नीलहिरा समाजका सिमरन शेरचनले वर्षौसम्म अधिकार प्राप्तिको लागि लागेपनि सरकारले सुनुवाइ नगरेको बताए ।

हाम्रो अधिकार प्राप्तिका लागि राजा रामको पालादेखि शुरुआत भए पनि कलियुगसम्म पनि न्याय पाउन सकेनौँ, उनले भने, हाम्रो लगाइ २००१ बाटको हो । शेरचनका अनुसार तेस्रो लिङ्गी समुदाय एचआइभीको जोखिममा रहेका बताए ।

संवैधानिक रुपमा समानता तथा सामाजिक सुरक्षाको अधिकारको व्यवस्था भए पनि व्यावहारिक रुपमा पाउन नसकेको उनले बताए । विवाह हामीले सोचेजस्तो हुँदैन, आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउदैनौँ, उनले भने, विशेष गरेर सामाजिक रुपमा फरक तरिकाले हेर्ने गरिएको छ ।

त्यसैगरी रोजगारको व्यवस्था नहुँदा आफूहरु अप्ठेरोमा परेका उनले बताए । हामी शारीरिक रुपमा महिला र पुरुषजस्तै भए पनि भावनात्मक र मानसिक रुपमा फरक हुन्छ शेरचनले भने, हाम्रो शारीरिक मानसिक र भावनात्मक रुपमा झुकाव फरक हुन्छ ।

नीलहिरा समाजका अनुज पिटर राईले नागरिकता सहज रुपमा पाउन नसकेको गुनासो गरे । सरकारले अझैसम्म पनि नागरिकता तेस्रो लिङ्गीलाई लिनका लागि सकस बेहोर्नुपरेको बताए । उनले आफूलाई समाजले हास्य पात्रका रुपमा हेरिरहने भएकाले नमिठो अनुभव हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us