कतारले हेलिकप्टरबाट छर्कियो मध्यरातमा कोरोना मार्ने कीटनाशक

काठमाण्डु टुडे २०७६ चैत ४ गते १२:३४ मा प्रकाशित

दोहा— कतार सरकारले कोरोना भाइसरलाई फैलिन नदिनको लागी देशभर कोरोना मार्ने किटनाशक औषधी हेलिकप्टरबाट छर्किएको छ ।

सोमबार राति १२ बजेबाट सेनाले देशभर कीटनाशक औषधी छर्किएको हो । कीटनाशक औषधी छर्नु भन्दा पहिले सरकारले सबै देशवासी जनतालाई घर बाहिर ननिस्कन र बाहिर राखिएको कपडा उढाउन आग्रह गरेको थियो । यसअघि कोरोनाभाइरस फैलिने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कतारले २ हप्तासम्म देशमा भित्रिने सबै उडानमाथि प्रतिबन्ध लगाएको थियो।

सार्वजनिक यातायात बस र हालै संचालनमा ल्याइएको मेट्रो सिस्टम आइतबार बेलुकीदेखि नै बन्द गराएको छ । मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्कबाट भाइरस फैलिने खतरा कम गर्न सरकारले ५५ वर्षमाथिका, गर्भवती र दीर्घरोगी सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।

सरकारले यसअघि नै स्कुल बन्द गरेर दूर शिक्षामार्फ पढाइ संचालन गर्ने निर्णय गरिसकेको छ । उद्योग तथा बाणिज्य मन्त्रालयले समेत ट्वीट गर्दै अर्को सूचना जारी नभएसम्मका लागि रेष्टुरेण्ट र क्याफेमा खाना खान प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । खाना घरमै डेलिभरीका लागि अर्डर गर्न भने पाइन्छ ।

महामारीले निजी क्षेत्रलाई पार्ने नोक्सानीमा सहयोग गर्नको लागि सरकारले ७५ अर्ब कतारी रियल बराबरको राहत प्याकेजसमेत घोषणा गरेको छ । हालसम्म कतारमा ४ सय ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us