अब कनेक्ट आइपिएस ई-पेमेन्ट निशुल्क

काठमाण्डु टुडे २०७६ चैत ७ गते १४:१५ मा प्रकाशित

काठमाण्डु , ७ चैत — विश्वभर फैलिएको कोरोना भाइसरको कारण कनेक्ट आइपिएस ई — पेमेन्ट अब निशुल्क हुने भएको छ ।

बैंक वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाह गरेको हो ।

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेटरमोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्टरटेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएसमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।
बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us