म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना भाइरस संक्रमण

काठमाण्डु टुडे २०७६ चैत ९ गते ११:०० मा प्रकाशित

एजेन्सी — म्यानचेस्टर युनाइटेडका पर्वमिडफिल्डर फेलाइनी कारोना भाइरसको संक्रमित भएका छन् ।
३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए ।

म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us