एक मन्त्री, जसले कोरोनाको त्रासबीच देशका लागि नमुना काम गरे…

काठमाण्डु टुडे २०७६ चैत ११ गते १५:३५ मा प्रकाशित
काठमाण्डु, ११ चैत– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले सिंगो देशलाई लकडाउन गरेको छ ।

महामारीको बहानामा कालोबजारी गर्ने प्रवृत्तिले यअसघि जस्तै यसपटक पनि टाउको उठाउन खोज्यो । त्यसपछि लगातार बजार अनुगमनमा सक्रिय रहेका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मंगलबार पनि सिंहदरबारस्थित मन्त्रालयमा बसेर काम गरिरहेका छन् । अधिकांश मन्त्री ‘सेल्फ क्वारेन्टाइन’ मा बसे पनि मन्त्री भट्टको सक्रियता भने लोभलाग्दो छ ।
उनकै सक्रियतामा लगातारको बजार अनुगमनका कारण सुरुका केही दिन टाउको उठाएका कालोबजारिया अहिले नियन्त्रणमा छन् । ‘मुलुकलाई अत्याधिक संकटमा परेको अवस्थामा घरमा बस्न मन लागेन’, मन्त्री भट्टले भने, ‘मुलुकमा सरकार छ, संकटमा बेलामा काम गर्नुपर्छ भनेरै जोमिख मोलेर काममा खटिएको छु ।’
मन्त्री भट्टले लकडाउनको समयमा दैनिक उपभोग्य बस्तुको अभाव र कलोबजारी हुन नदिने प्रतिबद्धता जनाए । ‘खानेकुराको अभाव हुँदैन र कलोबजारी गर्न दिइँदैन’, उनले भने । लकडाउन भए पनि सरकारले खाद्यान्न ढुवानी र खरिदमा रोक लगाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us