बैंकहरु आंशिक रुपमा खुले

काठमाण्डु टुडे २०७६ चैत १३ गते ११:५३ मा प्रकाशित

काठमाण्डु १३ चैत– लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तिय संस्था आजबाट आंशिक रुपमा खुलेका छन् ।

बैंकहरुका सीमित शाखा आजदेखि आंशिक रुपमा खुलेको बैंकर्स एसोसिएसनले जनाएको छ । संघका अनुसार अर्को निर्णय नहुञ्जेलसम्म बिहान ११ देखि १ बजेसम्म बैंकका केही शाखाहरु खुल्नेछन् । कोरोना भाइरस (कोभिड–१९ ) रोकथाम तथा नियन्त्रणका लागि गतिठ उच्चस्तरीय समन्वय समितिको निर्देशनमा बैंक खुलेका हुन् ।

बैंक बन्द हुँदा पछिल्लो तीन दिनयता आर्थिक कारोबार ठप्पै थियो । नेपाल राष्ट्रबैंकले समेत नगद अभाव देखिन थालेको भन्दै बैंक खोल्न निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us