सरकारले भन्यो–विदेशबाट आएकाहरु आत्तिनु पर्दैन, रुघा खोकी लाग्दैमा कोरोना लाग्दैन

काठमाण्डु टुडे २०७६ चैत १३ गते १८:१९ मा प्रकाशित

काठमाण्डु, १३ चैत– पछिल्लो समय विदेशबाट आएकाहरु कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा परेको आशंकामा आत्तिएको पाइएकाले त्यसो नगर्न सरकारले आग्रह गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले विदेशबाट आएका सबैलाई कोरोना संक्रमण नहुने सक्ने तथ्यबारे स्मरण गराए ।

भाइरसको संकेत देखिए आइसोलेसनमा बस्न आग्रह गर्दै सचिव कोइरालाले लक्षण बढ्दै गए मात्र हस्पताल जान भने । विदेशबाट आएकाहरु आत्तिँदै अस्पताल जाने क्रम बढेपछि सरकारले त्यस्तो आग्रह गरेको हो ।

‘रुघा खोकी लाग्दैमा र ज्वरो आउँदैमा कोरोना नै भन्ने हुँदैन’, कोइरालाले भने, ‘पहिला आइसोलेसनमा बस्नुस् । दुई÷चार दिन घरमै आइसोलेसनमा बस्नुस् । लक्षण बढ्दै गयो भने मात्र नजिकको स्वास्थ्य संस्थामा गए हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us