नेपाली व्यापारीले चीनमा किने कोरोनाका लागि स्वास्थ्य सामग्री, सरकारले जहाज पठाउँदै

काठमाण्डु टुडे २०७६ चैत १४ गते ८:०० मा प्रकाशित

काठमााण्डु, १४ चैत– रोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ ।

सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ जाने र सामग्री आइतबार बिहानसम्म नेपाल ल्याइपुर्याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् । एक निजी कम्पनीले आउँदो बुधबार आफ्नै पहलमा व्यापारिक प्रयोजनका लागि स्वास्थ्य सामग्री ल्याउने भएको छ ।

नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको स्वास्थ्यमन्त्री ढकालले बताए ।

‘नेपाली व्यापारीहरूले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन्, नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ,’ उनले भने, ‘नेपाल आइसकेपछि व्यापारीबाट ती सामान हामी किन्छौं ।’

गोन्जाओ कुन विमान पठाउने भन्ने टुंगो शुक्रबार बिहानसम्म लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us